.  खड्काको साहस प्रशसंनीय : मुख्य सचिव | News | Nepal Oil Corporation
Current Retail Selling Price based on Kathmandu (Inclusive VAT) :

 Petrol(MS):NRs 110.00/L • Diesel(HSD):NRs 93.00/L • Kerosene(SKO):NRs 93.00/L • Aviation Turbine Fuel:NRs 100.00/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1075.00/KL (Bonded) • LP Gas:NRs 1375.00/cyl  

English | नेपाली

मिति २०७५/०३/०३ राति १२:०० बजेबाट लागु गरिएको पेट्रोलियम पदार्थको खुद्रा विक्री मूल्य प्रति लिटर
(निगमको डिपो | कार्यालयको १५ कि.मि. क्षेत्रको हकमा मात्र लागु हुने)

पेट्रोलियम  पदार्थ  चारआली, बिराटनगर, महेन्द्रनगर (धनुषा), विरगंज,
अमलेखगंज, भलवारी, नेपालगंज, धनगढी

मूल्य (ने.रू.)
पोखरा,दाङ्ग
मूल्य (ने.रू.)
थानकोट, सुर्खेत,दिपायल
मूल्य (ने.रू.)
पेट्रोल  १०८.५० १०९.५० ११०.००
डिजेल  ९१.५० ९२.५० ९३.००
मट्टीतेल ९१.५० ९२.५० ९३.००
You are here : : Home »

खड्काको साहस प्रशसंनीय : मुख्य सचिव

September 27, 2015

हालै नियुक्त भएका नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले नेपाल आयल निगमले मोटो ऋण तिर्न सफल भएको कुराको प्रशंसा गर्दै निगमका कार्यकारी निर्देशक ई. गोपालबहादुर खड्काको काम गर्ने शैली साहसपूर्ण भएको र खड्काको काम गर्ने शाहस प्रशंसनीय भएको बताएका छन् । कार्यकारी निर्देशक खड्काका निजि प्रेस सहयोगीसगँ साउन २४ गते सिहंदरवारस्थित आफ्नो कार्यलयको बैठक कक्षमा आयल निगमको आधिकारीक वेभसाईडका लागि कुराकानी गर्दै मुख्य सचिव सुवेदीले भने , बिश्व ग्लोवल मार्केटतिर उन्मुख हुनुले पनि निगम नाफामा गएको भए पनि कर्मचारी प्रशासनको सही ब्यवस्थापनले पनि निगम अपत्यारिलो गरी नाफामा जान सफल भएको हो , यसका लागि कार्यकारी निर्देशक खड्काले महत्वपूर्ण भुमिका खेलेको सरकारको ठम्याई छ । तर नाफा गरे अनुपातको वेनिफिट उपभोक्तालाई पनि दिनु पर्ने मुख्य सचिवको सुझाव छ ।

पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्याँसको सहज आपुर्ती र वितरण गरेर पनि कार्यकारी निर्देशक खड्का प्रशसांको पात्र बनेको मुख्य सचिव सुवेदीले बताए । तर आपुर्ती र वितरणमा सहजता ल्याएको र मोटो रकम ऋण तिर्न सफल भएको भनेर कार्यकारी निर्देशक खड्का चुप लागेर बस्न नहुने उनले सुझाए । मुख्य सचिव सुवेदीले भने , आयल निगमका चुनौती अझ धेरै छन् , सबै खालका चुनौतीसगँ पैठाजोरी गर्न कार्यकारी निर्देशक खड्का एक्सनमा बस्नुपर्छ जस्तो मलाई लाग्छ ।

नेपाल आयल निगमले अगाडी सारेका भावि योजना र कार्यक्रमहरुको बिषयमा आफू जानकार नभएको र सञ्चालक समितीले सहयोग गरे नगरेको पनि आफूले थाहा नपाएको बताउँदै अबका दिनहरुमा निगमको काम कार्वाहीमा सञ्चालक समितीको सहयोग रहने बातावरण बनाउन सहयोग गर्ने प्रतिबद्ता जनाउँदै उनले भने , साविक बोर्डले सहयोग नगरे त्यसको विकल्प पनि खोजिने छ । जनताको दैनिक जनजीविकासगँ प्रत्यक्ष सरोकार राख्ने निगमको कामकार्वाही प्रभाबित हुन सरकारले दिने छैन ।  


Feedback
Send Us Feedback
Name
Email
Address
Message