.  नाफा बढेपछि निगमले अगाडि सार्‍यो आधा दर्जन योजना, भण्डारण क्षमतादेखि डिपोसम्म बढाउने | News | Nepal Oil Corporation
Current Retail Selling Price based on Kathmandu (Inclusive VAT) :

 Petrol(MS):NRs 114.00/L • Diesel(HSD):NRs 101.00/L • Kerosene(SKO):NRs 101.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  

English | नेपाली

मिति २०७५/०६/०१ राति १२:०० बजेबाट लागु गरिएको पेट्रोलियम पदार्थको खुद्रा विक्री मूल्य प्रति लिटर
(निगमको डिपो | कार्यालयको १५ कि.मि. क्षेत्रको हकमा मात्र लागु हुने)

पेट्रोलियम  पदार्थ  चारआली, बिराटनगर, महेन्द्रनगर (धनुषा), विरगंज,
अमलेखगंज, भलवारी, नेपालगंज, धनगढी

मूल्य (ने.रू.)
पोखरा,दाङ्ग
मूल्य (ने.रू.)
थानकोट, सुर्खेत,दिपायल
मूल्य (ने.रू.)
पेट्रोल  ११२.५० ११३.५० ११४.००
डिजेल  ९९.५० १००.५० १०१.००
मट्टीतेल ९९.५० १००.५० १०१.००
You are here : : Home »

नाफा बढेपछि निगमले अगाडि सार्‍यो आधा दर्जन योजना, भण्डारण क्षमतादेखि डिपोसम्म बढाउने

July 17, 2015

काठमाडौं । नेपाल आयल निगमले नाफामा गएपछि नयाँ योजनाको ओइरो लगाएको छ । नाफा बढेपछि निगमले आगामी आर्थिक वर्षमा मात्रै विभिन्न विमानस्थलमा हवाई इन्धनको भण्डारण क्षमतादेखि डिपो बिस्तारको योजना अगाडि सारेको हो ।

आयल निगमले झापाको चारआलीमा सुविधासम्पन्न इन्धन डिपो निर्माण गर्ने योजना अगाडि सारेको छ । निगमले गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक गोपालबहादु खड्काले झापाको भद्रपुर, रामेछाप, सिमरा, जनकपुर, पोखरा, फाप्लु र दाङमा हवाई ईन्धन डिपो निर्माण गर्ने योजना अगाडि सारेका छन् ।

निगमले त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हवाई ईन्धन स्टेशनको क्षमता विस्तार गर्ने र भैरहवामा रहेको आफ्नै पेट्रोलपम्मपको सुधार गर्ने योजना पनि अगाडि बढाएको छ । निगमले काठमाडौं उपत्यकासँगै जनकपुर, महेन्द्रनगर, मेची-कोशी क्षेत्र, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चलमा खाना पकाउने ग्यासको भण्डारणस्थल बनाउने योजना पनि अगाडि सारेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएको छ र निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन गरेपछि नाफा बढेकाले नाफाबाट नै यी योजना कार्यान्वयन गर्ने योजना बनाएका छौं,' खड्काले भने, 'ऋण घट्दै गएकाले नयाँ योजना अगाडि गर्न हामीलाई सजिलो हुने अनुमान गरेका छौं ।' खड्काले सबै योजनाहरु अध्ययन पछिमात्रै अगाडि सारिएको बताए ।

निगमले खाना पकाउने ग्यासको पनि सहज आपूर्तिका लागि आफैंले ग्यास भण्डारण गर्ने योजना पनि अगाडि सारेको छ । खड्काले ग्यासको माग वर्षेनी बढ्दै जाने भन्दै निजी क्षेत्रसँगै अब निगमले पनि भण्डारण गर्ने जानकारी दिएका हुन् ।  

 

अब ब्याजको भार घट्ने

नेपाल आयल निगमले विभिन्न बैंक तथा वित्तीय संस्थासँग लिएको ब्याजको ऋण तिर्न उपभोक्ताबाट नै ब्याज असुल्दै आएको छ । अहिले उपभोक्ताले अन्य पेट्रोलियम पदार्थमा लिटरको चार रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ५६ रुपैयँ ८० पैसा लिँदै आएको छ ।

निगमको ऋण घटेसँगै अब उपभोक्तामाथि लगाइएको ब्याजको भार पनि कम हुने प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । 'ऋणको ब्याज कम भएको छ, अब मूल्य समायोजन गर्दा यसलाई पनि समावेश गरिनेछ,' घिमिरेले भने ।

ऋण नौ अर्बमा झर्‍यो

निगमले विभिन्न समयमा नेपल सरकार तथा अन्य बैंक तथा वित्तीय संस्थासँग झण्डै ३६ अर्ब रुपैयाँ ऋण लिएको थियो । पछिल्लो एक वर्षमा निगमले नाफाबाट ऋण तिर्दै आएकाले अहिले त्यो ऋण नौ अर्ब रुपैयाँमा झरेको छ ।

३६ अर्ब मध्ये १२ अर्ब रुपैयाँ सरकारको ऋण छ । यो रकम पुँजीकरणको तयारीमा रहेको छ । बाँकी ऋण कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय वाणिज्य बैंकबाट लिइएको थियो । निगमले सरकारी ऋणबाहेक तिर्नुपर्ने २१ अर्ब रुपैयाँ मध्ये अहिले १२ अर्ब तिरिसकेको र अब नौ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको खड्काले बताए । निगमले चालु आवमा ब्याज मात्रै दुई अर्ब ८८ करोड रुपैयाँ तिरिसकेको छ ।

पाइपलाइन निर्माणको काम पनि छिट्टै

निगमका कार्यकारी निर्देशक खड्काले अमलेखगञ्ज-रक्सौल पेट्रोलियम पाइपलाइन निर्माणको काम छिट्टै अगाडि बढाइने बताएका छन् । नेपाल आयल निगम र भारतीय आयल निमगबीच यो विषयमा छलफल भइरहेको भएपनि भारतीय मन्त्रिपरिषदले पारित गरेपछि कार्यान्वयन हुने र त्यसका लागि प्रक्रिया अगाडि बढिरहेको बताए ।

४२ किलोमिटर लामो पाइपलाइनको ३८ किलोमिटर भाग नेपालतर्फ पर्छ । यो पाइपलाइन भारतले बनाइदिन लागेको हो । 

Source: bizmandu.com


Feedback
Send Us Feedback
Name
Email
Address
Message