.  कार्यकारी निर्देशकको विज्ञप्ती | News | Nepal Oil Corporation
Current Retail Selling Price based on Kathmandu (Inclusive VAT) :

 Petrol(MS):NRs 106.00/L • Diesel(HSD):NRs 87.00/L • Kerosene(SKO):NRs 87.00/L • Aviation Turbine Fuel:NRs 95.00/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1000.00/KL (Bonded) • LP Gas:NRs 1375.00/cyl  

English | नेपाली

पेट्रोलियम पदार्थको खुद्रा विक्री मूल्य प्रति लिटर
(निगमको डिपो | कार्यालयको १५ कि.मि. क्षेत्रको हकमा मिति २०७५/०१/०३ राति १२:०० बजे बाट मात्र लागु हुने)

पेट्रोलियम  पदार्थ  चारआली, बिराटनगर, महेन्द्रनगर (धनुषा), विरगंज,
अमलेखगंज, भलवारी, नेपालगंज, धनगढी

मूल्य (ने.रू.)
पोखरा,दाङ्ग
मूल्य (ने.रू.)
थानकोट, सुर्खेत,दिपायल
मूल्य (ने.रू.)
पेट्रोल  १०४.५० १०५.५० १०६.००
डिजेल  ८५.५० ८६.५० ८७.००
मट्टीतेल ८५.५० ८६.५० ८७.००

 

Notice for Pipeline EOI

India - Nepal (Raxaul - Amlekhgunj) Pipeline Project Request for Expression of Interest
You are here : : Home »

कार्यकारी निर्देशकको विज्ञप्ती

May 28, 2015

आयल निगममा मेरो सय दिन

 

ई. गोपाल बहादुर खड्का
कार्यकारी निर्देशक


जनताको दैनिक जनजीविका सँग प्रत्यक्ष जोडिएको नेपाल आयल निगमको कार्यकारी निर्देशकमा म नियुक्त भएको सय दिन पुगेको छ  । यस अवधिमा मैले गरेका काम कार्बाहीका बारेमा सबैलाई सुुुसुचित गर्न उचित ठानेको छु । म निगममा आउनु अघि पेट्रोलियम पदार्थ र खाना पकाउने एल. पि. ग्याँस सहज रुपमा उपलब्ध थिएन र म आउन साथ केही दिन बजारमा ग्याँसको अभाब भएको सर्वबिदितै छ । तर मैले केही समयमै ईण्डियन आयल कर्पोरेसनसँग समन्वय गरेर ग्याँसलाई सहज बनाएको थिएँ । ग्याँसको सहज वितरण र व्यवस्थापनको लागि छुट्टै समिति समेत बनेको छ । २०७१ साल माघ महिनामा ईण्डियन आयल कर्पोरेसनमा भ्रमण गरि ग्याँस तथा पेट्रोलियम पदार्थको सहज आपुर्तिका लागि वातावरण मिलाएको छु । अहिले बजारमा ग्याँसको अभाब छैन र आगामी दिनहरुमा पनि ग्याँसको अभाब हुन नदिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । त्यस्तै पेट्रोलियम पदार्थको पनि अभाव हुन नदिने बिश्वास दिलाउन चाहन्छु ।


ग्याँसको कालो बजारी हुन सक्ने अवस्थालाई मध्ये नजर गर्दै यस बीचमा निगमले ग्याँस उद्योगहरुसँग ग्याँस सिलिण्डरको तथ्यांक अनिवार्य उपलब्ध गराउन उर्दी जारी ग¥यो । ग्याँस उद्योगहरुले पेश गरेको सिलिण्डर संख्या विश्वसनीय होस र निगमले तोक्ने ग्यांसको कोटा तथ्यपरक होस भन्ने मनसायले ग्याँस उद्योगीहरुको सिलिण्डर संख्या यकिन गर्न निगमले माग गरे बमोजिमको विलविजक पेश गरे अनुरुप ख्भचषथ गरिएको विवरणलाई अभिलेखीकरण गर्न एक कमिटी गठन गरिएको छ । सो कमिटीले हाल अभिलेखीकरण र ख्भचषथ गर्ने कार्य गरिरहेको छ ।


पेट्रोलियम पदार्थ र ग्याँसको सहजीकरणसगँै म निगममा आए पछि ऋण तिर्ने अभियाननै चलाएको यहाँहरुलाई अवगत नै छ । गत चैत र यो बैशाख महिनामा मात्रै ईण्डियन आयल कर्पोरेसनको ५ सय ४८ करोड, नागरिक लगानी कोषको ३ सय करोड , कर्मचारी सञ्चय कोषको १ सय ५० करोड ऋण निगमले तिरेको छ भने मुल्य स्थिरीकरण कोषमा २ सय ६० करोड रुपैयाँ जम्मा गरेकोे छ । र पुनः कर्मचारी सञ्चय कोषको २ सय करोड र नागरिक लगानी कोषको १ सय करोड ऋण तिर्ने निर्णय गरि सकिएको छ । साथै अरु ऋणहरु पनि तिर्ने तयारी गरिरहेको कुरा अबगत गराउन चाहन्छु । त्यस्तै भारतसँग भएको पाईपलाईन बिस्तारको काम पनि अन्तिम चरणमा पुगेको छ । पाइप लाइन बिस्तार कार्यको लागि निगमका प्रतिनिधीहरु मिति २०७१।१२।१२ देखि १५ सम्म क्ष्इऋ नयाँ दिल्ली गई एष्उभष्लिभ को कार्य अगाडी बढाउने काम गरेको समेत यहाँहरुलाई जानकारी गराउन चाहन्छु । आशा गरौँ निकट भबिष्यमै पाईपलाईन बिस्तारको काम सुरु हुनेछ । 


महाभुकम्पकसँग पौठाजोरी गरिरहेका आम नेपालीहरुलाई सहज रुपमा ग्याँस तथा पेट्रोलियम पदार्थ उपलब्ध गराउन आयल निगम सक्षम भएको सर्वविदितै छ । महाभुकम्पको प्रलय गईरहँदा पेट्रोलियम पदार्थ सहज बनाउन ईण्डियन आयल कर्पोरेसनको तीन सदस्यीय प्रतिनीधी मण्डललाई नै नेपाल झिकाएर पेट्रोलियम पदार्थलाई सहज बनाईयो । भुकम्प पछि नेपालमा खाना पकाउने ग्याँस तथा पेट्रोलियम पदार्थको अभाव हुने सभांबनालाई मध्यनजर गर्दै उनीहरुलाई नेपाल बोलाईएको थियो । उनिहरुले नेपाल आयल निगमसँग समन्वय गरेर पेट्रोलियम पदार्थको ढुवानीलाई सहज बनाईदिएका थिए । 


अहिले बिश्व बजारमा पेट्रोलियम पदार्थको भाउ बढे पनि निगमले हामीकहाँ नबढाउने निर्णय गरेको छ । छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मुल्य बढे पनि नेपालमा तत्कालै बढाइने छैन । गत मई १ गतेबाट पेट्रोलियम पदार्थको मुल्य बढाएको ईण्डियन आयल कर्पोरेसन ले मई १ बाटै नेपाललाई पनि मुल्यबृद्धि गरिे पेट्रोलियम पदार्थ पठाएको थियो । तर, माहाभुकम्पले धनजनको ठूलो क्षति भई नेपालीको जनजीविकामा समेत प्रत्यक्ष असर परेकाले यहाँ पेट्रोलियम पदार्थको मुल्यमा कुनै परिवर्तन नगरिएको हो । 


त्यस्तै, नेपाल आयल निगमले कर्मचारीको तलबबाट भुकम्पपिडीतलाई २१ लाख १९ हजार ३३ रुपैयाँ ५३ पैसा उपलब्ध गराएको छ । कार्यकारी निर्देशकको १५ दिनको, अधिकृतहरुको १० दिनको र सहायक स्तरका कर्मचारीको ५ दिनको तलब बराबरको रकम निगमले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो । 


यस अघि नेपाल आयल निगमले भुकम्पपिडितलाई निःशुल्क खाने पानी वितरण गरेको थियो । निगमले उपत्यकामा टेण्ट हाली बसेका पिडितहरुलाई टेण्टस्थलमै खाने पानी उपलब्ध गराएको हो । सिहंदरवार, सविंधानसभा भवन, तीनकुने, भक्तपुर, ललितपुरका विभिन्न स्थलमा त्रिपालमा बसेका पिडितहरुलाई खाने पानी वितरण गरिएको हो । निगमले १ हजार लिटरको १० ओटा पानीको ट्याकीं समेत उपलब्ध गराएर पिडितहरुलाई खाने पानी सहज बनाई दिएको थियो । निगमको काम कार्बाहीलाई अगाडी बढाउन सहयोग गर्ने सरकार, निगम सञ्चालक समिती, निगमका कर्मचारी, सघँ, सगंठन र यूनियन तथा पेट्रोलियम तथा ग्याँस ब्यवसायी र सम्पूर्ण उपभोक्ताहरुलाई हार्दिक धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै सहयोग र सद्भाबको अपेक्षा राख्दछु । साथै महाभुकम्पमा परि मृत्यु भएका नेपालीहरुको आत्माको चिर शान्तीको कामना गदै घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । त्यस्तै निगममा कार्यरत कर्मचारी श्री पारस रत्न तुलाधारको पनि सोही भुकम्पमा परि असामयिक निधन भएको मा उहांको चिर शान्तीको कामना गर्दै उहांको परिवार प्रति धैर्यधारण गर्न भगवानले शक्ती प्रदान गरुन भन्ने कामना गर्दछु ।


धन्यवाद 
मिती २०७२ । १ । २३


Feedback
Send Us Feedback
Name
Email
Address
Message