.  सरकारको नजरमा खड्का सफल : मुख्य सचिव | News | Nepal Oil Corporation
Current Retail Selling Price based on Kathmandu (Inclusive VAT) :

 Petrol(MS):NRs 114.00/L • Diesel(HSD):NRs 101.00/L • Kerosene(SKO):NRs 101.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  

English | नेपाली

मिति २०७५/०६/०१ राति १२:०० बजेबाट लागु गरिएको पेट्रोलियम पदार्थको खुद्रा विक्री मूल्य प्रति लिटर
(निगमको डिपो | कार्यालयको १५ कि.मि. क्षेत्रको हकमा मात्र लागु हुने)

पेट्रोलियम  पदार्थ  चारआली, बिराटनगर, महेन्द्रनगर (धनुषा), विरगंज,
अमलेखगंज, भलवारी, नेपालगंज, धनगढी

मूल्य (ने.रू.)
पोखरा,दाङ्ग
मूल्य (ने.रू.)
थानकोट, सुर्खेत,दिपायल
मूल्य (ने.रू.)
पेट्रोल  ११२.५० ११३.५० ११४.००
डिजेल  ९९.५० १००.५० १०१.००
मट्टीतेल ९९.५० १००.५० १०१.००
You are here : : Home »

सरकारको नजरमा खड्का सफल : मुख्य सचिव

May 23, 2015

मुख्य सचिव लिलामणी पौडेलले नेपाल आयल निगमका कार्यकारी निर्देशक ई. गोपालबहादुर खड्का सरकारको नजरमा सफल भएको बताएका छन् । निगममा नियुक्त भएको १०० दिन पनि पुग्न नपाउँदै खड्काले उपभोक्ताको हितमा धेरै उपलब्धिमुलक काम गरेको बताउँदै मुख्य सचिव पौडेलले स्वचालित मूल्य प्रणालीको लागु, पेट्रोलियम पदार्थको मुल्य समायोजन, ग्याँसको सहजीकरण र ऋणहरु तिर्ने दिशामा निगमलाई अगाडी बढाईरहनु कार्यकारी निर्देशक खड्काको ठुलो उपलब्धि बताएका छन् ।

सरकारले खड्काको काम कार्वाही नजिकबाट नियालीरहेको बताउँदै भनेः ‘खड्काले निगमको काम कार्वाहीको शैलीलाई एउटा ट्रयाकमा लैजान कोशिस गरिरहेको मैले महशुस गरेको छु, उनको यो कोशिसलाई सरकारले हरतरहले सहयोग गर्ने छ, उनि ढुक्क भएर अगाडी बढे हुन्छ ।’ 


खड्का सडक विभागकै प्रमुख हुँदा उनको काम गर्ने शैलीबाट आफू प्रभावित भएको बताउँदै बैशाख ८ गते प्रेस चौतारी नेपालको प्रतिनिधीहरुसगँको औपचारिक भेटघाटमा मुख्य सचिव पौडेलले थपे, सडक बिस्तार बाबुराम सरकारले चाहेर मात्रै सम्भब थिएन, सडक बिभागको बागडोर खड्काको हातमा भएकोले पनि सडक बिस्तार सम्भब भएको हो । निगमलाई पनि सडक बिभागलाई जस्तै आक्रामक तरिकाले खड्काले हाँक्नेमा आफू आशावादी भएको पनि मुख्य सचिवले बताए ।


Feedback
Send Us Feedback
Name
Email
Address
Message